बैतडी, (नेस)
महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ–दार्चुला सडकखण्ड २ दिनदेखि अवरुद्ध भएको छ । शनिवार अपरान्ह दाङवाट दार्चुलाको लागी सिमेन्ट लैजादै गरेको ना ७ ख ३२६ नं को १० चक्के ट्रकको बायाँ साईडको अगाडीको चक्का सुर्नया गाउँपालिका १ ढुंगाखानीमा नजिक एक्कासी भाचिन गई सडक अवरुद्ध बनेको हो ।
ट्रकको अगाडीको चक्का भाचिन गई बिच सडकमै ट्रक बिग्रदा शनिवार अपरान्हदेखि उक्त सडकखण्डका कुनै पनि सवारी साधन चल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा दार्चुलावाट काठमाडौं, महेन्द्रनगर, धनगढी डडेल्धुरा तथा काठमाडौं, महेनद्रनगर, धनगढीवाट दार्चुला तथा गोकुलेश्वरका लागी छुटेका एक दर्जन बढी सवारी साधनहरु बिच बाटोमै रोकिएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।