सीताराम अधिकारी , धादिङ, दक्षिणी धादिङको बेनीघाट रोराङ गाँउपालीका–३ डुम्रेमा आइतबार बेलुका एक तिन वर्षीय बालको आफ्नै काकाले हत्या गरेर फरार भएका छन् ।
हत्यामा सम्लन भएको आरोपमा प्रहरीले आरोपी ४५ वर्षीय सीताराम बयलकोटीको फोटो सार्वजनिक गरेको छ । गाउँबासी तथा जो कोहीले जहाँ भेटृपनि प्रहरीलाई खबर गरि सहयोग गर्न आग्रह गर्दै सामाजिक संजाल मार्फत फोटो सार्वजनिक गरेको हो ।
काका नाता पर्ने सीतारामले घरमा खेलीरहेको ३ वर्षीय आयुस बयलकोटीलाई टाउकोमा समातेर खुर्पाले काटी हत्या गरेको मृतकका दिदिले प्रहरीलाई बताउनुभएको छ ।
घटनापछि बालकको सोही स्थानमा मृत्यु भएको र आरोपी सीताराम फरार रहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक संजय तिमल्सीनाले जानकारी दिनुभयो । आरोपी फरार भइ जंगलमा लुकी बसेको र प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । पानी परिरहेको र ठूलो जंगल भएका कारण खोजी कार्य केही ढिलो भएको प्रहरीको भनाइ छ ।
घरायसी झगडा हुने गरेको र दुई परिवार बिचमा पटक–पटक कुटपिटका घटना समेत हुने गरेको थियो । गत वर्ष पनि आरोपीले मृतकका आमालाई जाँतोले हानेर मार्ने कोसिस गरेको गाउँबासीको भनाइ छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।