गणेश आचार्य, दाङ,
गएरातिदेखी परेको अविरल बर्षाका कारण रोल्पामा एकजना सुत्केरी महिला सहित तीन जनाको मृत्यु भएको छ ।
रून्टिगढी गाउँपालिका ५ सैवाङ्गमा राजकुमार विकको घर पहिरोले भत्काउँदा उनकी २२ बर्षिया सुत्केरी श्रीमती कमला र १८ दिनकी शिशु आयुषाको र राजकुमारका दाइको छोरी १५ बर्षिया चित्रा विकको मृत्यु भएको इप्रका होलेरीका निमित्त प्रमुख सई ईन्द्र बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहान साढे १० बजे पहिरोले घर भत्काउँदा भान्सा कोठामा आगो तापिरहेका तीनैजनाको पुरिएर मृत्यु भएको हो । मृतकहरूको शव केहीबेर अघि निकालिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।