नेपाल समाचारपत्र, चितवन ।
चितवनमा हिजो साँझदेखी परेको अविरल वर्षाका कारण यहाँको हवाई सेवा समेत प्रभावित बनेको छ । आज (सोमबार) विहान ९ बजेदेखी हवाई उडान हुनुपर्ने भएपनि दिउँसो १२ बजेसम्म हुन सकेको छैन ।
खराब मौषमका कारण अहिलेसम्म कुनै पनि उडान हुन नसकेको नागरिक उड्यान प्राधिकरण भरतपुरकी वरिष्ठ अधिकृत शर्मिला केसीले नारायणी अनलाईनलाई जानकारी दिइन् । आज भरतपुरबाट काठमाडौं र पोखरा गरी बुद्ध एयरको ७ वटा, यति एयर लायन्सको २ वटा र सिम्रिक एयर लायन्सको एक वटा उडान हुनुपर्ने थियो । तर लगातारको वर्षाले कुनै उडान नसकेको हो ।
देशकै मध्य भागमा रहेको भरतपुर विमानस्थल निकै व्यवस्त विमानस्थल मध्येमा पर्दछ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।