कृष्णउदास खनाल, वीरगन्ज ।
सोमबार परेको कारण पर्सागढी नगरपालिकास्थित पन्थी नदीमा आएको बाढीले बगाउँदा एक विद्र्याीको सोमबार मृत्यु भएको छ । अर्का एक विद्यार्थी बेपत्ता भएका छन् ।
पर्सागढी नगरपालिका–४ मा रहेको पन्थी नदीमा आएको बाढिले सोमबार बिहान चारजन विद्यार्थीलाई बगाएको थियो । जसमा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । बाढीले बगाएर पर्सागढी नगरपालिका–४ की १५ वर्षीया प्रतिमा रामको मृत्यु भएको हो ।
बगाएका पर्सागढी–८ का १५ बर्षीय सुरेन्द्र महतोको अवस्था अज्ञात छ ।
बाढिले बगाएका त्यही गाउँकी १५ वर्षीया संगीता चौरसिया र सुमन पासवानको भने स्थानीयले उद्धार गरेका छन् । उद्धार गरिएकामध्ये घाइते संगीतालाई उपचारका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको पर्साका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।
उद्धार गरिएका सुमनको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए । स्थानीय नेपाल राष्ट्रिय आधारभूत उच्च माविमा सोमबार बिहान परीक्षा दिएर घर फर्कँदै गरेका उनीहरुलाई पन्थी खोलाको बाढीले बगाएको थियो । विद्यालयबाट एकैसाथ घर फर्किरहेका चार विद्यार्थीलाई बाढीले बगाएपछि माछा मारिरहेका स्थानीयले उद्धार गरेको पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।