काठमाडाैँ। यतिबेला विश्व नै विश्वकपकाे राैनकले तातेकाे छ । कताकार देखि अाम नागरिक सबैलार्इ विश्वकपकाे राैनकले छाेएकाे छ । यतिसम्म की अाफूलार्इ मन पर्ने टिमकाे अन्धभक्त भएर सपाेर्ट गर्ने र अर्काे टिमलार्इ नानाथरी गाली गलाेज गर्ने गरेकाे सामाजिक संजालमा प्रशस्त भेटिन्छ।
एउटा टिमकाे सपाेर्ट गर्ने र अर्काे टिमलाइ गाली गर्ने, उडाउने कदापी राम्राे हाेइन । अझ याे प्रवृत्ति दिनप्रतिदिन बढ्दाे छ ।
नायिका प्रियंका कार्कीलार्इ पनि विश्वकप खुबै लागेकाे छ । उनले गाेलदेखि टिमको खेल शैली अपडेट गरिरहेकी हुन्छिन् । उनले आइतबार बेलुकी स्पेन र रसियाविच भएको दोश्रो चरणको खेलमा स्पेनको समर्थन गरेकी थिइन् । आफ्नो कुकुरलाई समेत स्पेनको जर्सी लगाइदिएर उनले टिमको समर्थन गरिन् । तर, स्पेनले पेनाल्टी सुटआउटमा रसियासँग हार्यो यससंगै प्रियंका निराश भइन् ।
उक्त हारपछि प्रियंकाको स्पेन जर्सी लगाएकाे तस्बिर राख्दै एक ट्रोल ग्रुपले ‘पी फर प्रियंका, पी फर पनौती’ भन्दै ट्रोल बनायो ।
ट्रोलमा आक्रोश पोख्दै प्रियंकाले कमेन्टमा लेखेकी छिन्-‘अहिले आधा नेपाल नै पनौती होला नी मेस्सी र रोनाल्डो घर गएपछि त । आज ब्राजिल पनि गयो भने त पुरै नेपाल नै पनौती होला, कि कसो ? कति हाँस्नु ? कती चर्चित बनाउँछौ हो मलाई ? कति यूज गर्ने मेरो अनुहार, ट्रोल बिकाउन ? ल ल गरी खाउ ।’
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।