काठमाडौँ, (नेस) ।
प्रेस काउन्सिल नेपालले संस्थागत रूपमा भएका कारबाहीसम्बन्धी निर्णयहरूलाई व्यक्ति–व्यक्तिमा छुट्याएर गाली–गलौजमा नउत्रन तथा अभैm थप जिम्मेवार, मर्यादित, उत्तरदायी र संयमित भई पत्रकारिता एवं सञ्चार–कर्म गर्न सबैमा अपील गरेको छ ।
काउन्सिलका सहप्रशासकीय अधिकृत एवम् सूचना अधिकारी दीपक खनालको नामबाट पत्रकार एवं सम्पूर्ण जनसमुदायको नाममा सोमबार जारी सार्वजनिक अपीलमा भनिएको छ– ‘संस्थागत निर्णयलाई विषयान्तर गरेर काउन्सिलका पदाधिकारी र कर्मचारीमाथि आरोप–प्र्रत्यारोप गर्ने, काट्ने, मार्ने धम्की दिने, जीवित मानिसलाई मरेको भनेर श्रद्धाञ्जली दिने, पुराना घटनाक्रमलाई खोतलेर जनमानसमा भ्रम सिर्जना गर्ने जस्ता अत्यन्तै अमानवीय कार्यहरू भइरहेका छन् ।’
सोमबार नै बसेको काउन्सिलको बोर्ड बैठकको निर्णयानुसार जारी उक्त अपीलमा पत्रकार आचारसंहिता–२०७३ को आधारमा चरणवद्ध रूपमा कारवाही प्रक्रिया अघि बढ्ने उल्लेख गर्दै प्रष्ट भनिएको छ –‘उक्त आचारसंहितामा राखिएको कार्यविधिअनुसार सबै निर्णय सामूहिक बैठकबाट संस्थागत रूपमा हुने गर्दछ । आचारसंहितासम्बन्धी उजुरीको निर्णय प्रक्रियामा बार एसोसिएसन र नेपाल पत्रकार महासंघको समेत प्रतिनिधित्व रहँदै आएको छ ।’
सन्तुलित, मर्यादित र जिम्मेवार पत्रकारिताका लागि कुनै आग्रह–पूर्वाग्रह नराखी पत्रपत्रिका, रेडियो÷एफएम, टेलिभिजन, अनलाइन, समाचार समितिजस्ता आमसञ्चारमाध्यमको अनुगमन गरिदैँ आएको अपीलमा उल्लेख छ ।
स्मरणीय छ, न्युज २४ टेलिभिजनलाई सोधिएको प्रश्नको विषयलाई लिएर सूचना अधिकारी खनाललाई अष्ट्रेलियाबाट ज्यान मार्ने धम्की आउनुका साथै उहाँ र कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठलाई सामाजिक सञ्जालमा अश्लील गालीगालौज गरिँदै आएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।