काठमाडौं, (नेस)
कीर्ते कागजातहरू पेश गरी सवारी चालक अनुमतिपत्र बनाएको अभियोगमा प्रहरीले सात जनालाइ पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान व्यूरोले कीर्ते कागजातहरु मार्फत् सवारी चालक अनुमति पत्र बनाएको अभियोगमा सात जनालाइ महाराजगञ्जबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं आङ कुसाङ शेर्पा, लछु लामा, अमित पुर्पेटी, श्री प्रसाद बुढाथोकी, रामचन्द्र गौतम, सिन्धुपाल्चोकका नोर्बु लामा, जर्सिङ तामाङ रहेका छन् ।
विदेशबाट जारी भएको सवारी चालक अनुमति पत्रलाई नेपालीकरण गर्ने क्रममा कीर्ते कागजातहरू पेश गरी सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने ३ जना र उक्त कार्यमा बिचौलियाको भुमिका निर्वाह गर्ने ४ जनालाइ ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका सवैलाइ काठमाडौ जिल्ला अदालतबाट सरकारी छाप दस्तखत किर्ते मुद्धामा म्याद लिई थप अनुसन्धान भइरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।