काठमाडौं । क्रेजी इन्टरटेन्मेन्टको ब्यानरबाट बनेको चलचित्र ‘पुरानो बुलेट’को छायाँकन सुरु भएको छ ।अभिनेता अनुपबिक्रम शाही र नायिकाद्धय बर्षा सिवाकोटी र माला लिम्बुको मुख्य भूमिका रहेको चलचित्र ‘पुरानो बुलेट’को छायाँकन हाल पुर्वको मोरङमा भइरहेको छ। चलचित्रलाई भिषण राईले निर्देशन गर्दैछन् ।
चलचित्रमा अनुप, बर्षा र मालाको साथमा कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राई लगायतका कलाकारहरुकोे पनि अभिनय रहेको छ । निर्माण पक्षको अनुसार करिब एक करोड लगानीमा चलचित्र बन्दै छ । चलचित्रमा लगानी अशोक कुमार राई, दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईको रहेको छ । चलचित्रमा कार्यकारी निर्मातामा सन्तोष राई हुन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।