नेपाल समाचारपत्र, काठमाडौं
अपांगता भएका व्यक्तिलाई मोरङको पथरी शनिश्चरे नगरपालिकामा सहयोगी सामाग्री वितरण गरिएको छ ।
जुना अखडा नेपालको आयोजना र महावीर सेवा सदन कलकत्ता भारतको सहयोगमा मोरङको पथरी शनिश्चरे नगरपालिकामा खुट्टा कमजोर भएकाको सहयोगको लागि ह्वीलचेयर र हातको समस्या भएकालाई सहयोगको लागि हात वितरण गरिएको कार्यक्रममा सहभागी रुक्मिणी सेढाइले बताउनुभयो ।
‘हात खुट्टा नभएर असहज जीवन बिताइरेहकालाई जिवन सहज बनाउन सामाग्री वितरण गरिएको हो’ सेढाइले भन्नुभयो ‘ आयोजक र सहयोगी संस्थाले गरिव, दुःखी, वेसहरा, एकल महिला र समाजका अन्य क्षेत्रमा सहयोग गर्दै आएको छ ।’
आयोजक संस्थाकी अध्यक्ष महामण्डलेश्वर हेमानन्द गिरीले यसअघि पनि नेपाल र भारतका विभिन्न ठाउँमा सहयोग गर्दै आएको र आगामी दिनमा
सहयोगी संस्था महावीर सेवा सदन कलकत्ताका अध्यक्ष बिनोद पगौडियाको प्रमुख आतिथ्यतामा सो सामाग्री वितरण गरिएको हो । कार्यक्रममा बोल्दै पगौडियाले नेपालका हरेक क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
मोरङको पथरी जन्मनुभएकी महामण्डलेश्वर हेमानन्द गिरीले नेपालमा सडक, खानेपानी, विद्युत, विद्यालय, अनाथ आश्रम तथा बालबालिका केन्द्रमा सहयोग गर्दै आउनुभएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।