एजेन्सी । रणवीर कपुर र सञ्जय दत्तको फिल्म कनेक्शन हुनु भन्दा पहिल्यैबाट चर्चा भईरहेको छ । अब यो जोडी एक ठुलो फिल्ममा सँगै देखिने भएका छन् । सञ्जु फिल्मपश्चात रणवीरको आगामी फिल्म ‘शमशेरा’ हो । यो फिल्ममा मुन्नाभाई सञ्जय दत्तले पनि साइन् गरेका छन् । यो फिल्म २०२० को जुलाई ३१ तारिखबाट दर्शकमाझ रिलिजमा आउँनेछ ।
यशराज ब्यानरले आफ्नो आगामी फिल्मको सुटिङ र रिलिज डेटको जानकारी ट्वीटर मार्फत गराएको छ । यस ट्वीटमा रणवीरको अलवा अर्को भेट्रान कलाकारको नाम खुलासा गरेको छ । सो कलाकार अरु कोही नभई सञ्जय दत्त रहेका छन् ।
फिल्म ‘सञ्जु’ रिलिज भईरहँदा रणवीर र सञ्जयको धेरै चर्चाहरु मिडियाहरुमा छाइरहेको छ । ‘शमशेरा’ फिल्ममा सञ्जयको भुमिकाको कुरा गर्नुपर्दा उनी एक खतरनाक भिलेनको अवतारमा देखिदैछन् ।
यो फिल्म करण मल्होत्राले निर्देशन गर्देछन् । यो फिल्ममा रणवीर र सञ्जयको अलवा वाणी कपुरलाई साइन् गराएको छ । साथै यसै फिल्मबाट बलिउडमा अर्को नयाँ कलाकारले डेव्यु गर्दै गरेको जानकारी पनि गराइएको छ ।
यो फिल्मको सुटिङ २०१९बाट सुरु हुनेछ । फिल्मलाई आदित्य चोपडाले निर्माण गर्दैछन् ।
#Shamshera to release on July 31, 2020! #RanbirKapoor | @karanmalhotra21 | @duttsanjay | @Vaaniofficial | @ShamsheraMovie pic.twitter.com/99h6vsEeNG
— Yash Raj Films (@yrf) July 4, 2018
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।