काठमाडौं,(नेस)
न्यायपरिषद्ले उच्च अदालतका न्यायाधीशको व्यापक रुपमा सरुवा गरेको छ । न्याय परिषद्को बुधबार बसेको वैठकले विभिन्न उच्च अदालतमा १७ जना न्यायाधीशको काज सरुवा गर्ने निर्णय गरेको हो । \
परिषद्को बुधबार बसेको बैठकले उच्च अदालत पोखरामा कार्यरत अच्युत विष्टलाई न्याय परिषद्, उच्च अदालत पाटन, हेटौंडामा कार्यरत नरेन्द्रकुमार शिवाकोटीलाई सर्वोच्च अदालत (काज थप), उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत हरिप्रसाद बगालेलाई सर्वोच्च अदालत (काज थप), उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश अब्दुल अजिज मुसलमानलाई उच्च अदालत पाटन, हेटौंडा इजलास काज सरुवा गरिएको छ ।
यस्तै, उच्च अदालत दिपायलमा कार्यरत श्रीकृष्ण पौडेललाई सर्वोच्च अदालत, उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत टेकप्रसाद ढुंगानालाइ सर्वोच्च अदालतमा काज सरुवा गरिएको छ । न्याय परिषद्ले वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश किशोर सिलवालको नाम सिफारिस गरेको छ ।
यसैबीच केही न्यायाधीशहरुले न्यायपरिषद्लाई सम्पत्ति विवरण नबुझाएको विशेष स्रोतले जनाएको छ । न्याय परिषद्का प्रवक्ता निर्मला पौडेलले भने यस विषयमा आफूलाई जानकारी नभएको बताउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।