नेपाल समाचारपत्र, डोटी
करेन्ट लागेर ज्यान गुमाएका डोटीको आदर्श गाउपालिका १ चासी गाउ चार जना युवाहरुको सामुहिक अन्त्यस्टी गरिएको छ । मृतकहरु चारै जना एकै गाउका भएकाले सामुहिक अन्त्यस्टी गरिएको स्थानियबासी राजेन्द्र बहादुर खड्काले बताउनु भयो ।
ढिलो गरी पोष्टमार्टम गरिएकाले उनिहरुको अहिले साँझ दिपायल स्थित सेती नदिको बासुधारमा अन्त्यस्टी गरिएको हो ।
मंगलबार स्थानिय जयबहादुर खड्काको मिल नजिक रहेको बिद्युत पोल उखेलेर नयाँ ठाउमा गाड्ने क्रममा पोल ढलेर बिद्युत तारमा खस्दा करेन्ट लागेर स्थानिय ४ जना युवाहरुको घटना स्थलमै ज्यान गएको थियो ।
करेन्ट लागेर ज्यान गुमाउनेमा सोही गाउपालिका १ बस्ने बर्ष ३० को जयबहादुर खड्का,बर्ष अन्दाजी २२÷२३ लोकेन्द्र खड्का,बर्ष ३५ को दिपु खड्का र बर्ष १९ को विरेन्द्र खड्का रहेका छन् भने घाईते हुनेमा बम बहादुर खड्का रहेका छन् । घाईतेको दिपायल स्थित शैलेस्वरी अस्पतालमा उपचार भईरहेको भने मृतकहरुको सव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।