काठमाडौं । नायक उमेश थापा र नायिका कविता गुरुङले अन्तरजातीय बिहे गरेका छन् । अन्तरजातीय विवाह गरेपछि उनीहरूलाई विभिन्न समस्याहरू आइपरेको थियो ।
उनीहरू अन्तरजातीय भएपनि एक अर्कालाई धेरै माया गर्छन् र एक अर्कालाई जहिले नि सहयोग गर्छन् । नायक थापाले कविता जस्ती श्रीमती पाउनु भनेको आफू भाग्यमानी भएको बताएका छन् । उनले भने ‘कविता जस्ती यति धेरै माया गर्ने मान्छे पाउनु भनेको सबैभन्दा भाग्यमानी हुनु हो । म त माया जसलाई पनि दिन सक्थे तर जीवनमा माया गर्ने मान्छे खोज्नु पर्दो रहेछ । आफूलाई कसले माया गर्छ त्यो मान्छेसँग जीवन बिताउनु पर्छ ।’
कविताले पनि उमेश श्रीमानले धेरै माया गर्ने बताएकी छिन् । आफ्नो धेरै नराम्रो बानी भएको भन्दै कविताले भनिन् ‘मेरो नराम्रो बानी धेरै छ तर उमेशको धेरै राम्रो बानी छ । उहाँ एकदमै बुझकी मान्छे हुनुहुन्छ । अरूको पीडालाई आफै फिल गर्नुहुन्छ । अरूको पीडालाई आफ्नै पीडा भनेर सोच्नु हुन्छ । त्यो चाहिँ उहाँको सबैभन्दा राम्रो बानी हो ।
कविताले थपी -उमेश जस्तो श्रीमान् पाउनु चाहिँ १०० पटक ढुङ्गामा टाउको फोड्दा पनि पाउन मुस्किनल हुन्छ । अरू केटीले पाउन सक्लान तर म जस्तो केटीले चाही पुन गाह्रो छ । म चाहिँ संसारको नै भाग्यमानी केटी हु जो उमेश जस्तो श्रीमान् पाए ।’
उनीहरू अन्तरजातीय विवाह गर्दा धेरै समस्या भोगका बताउँछन् । अहिले चाहिँ सबैले राम्रो गर्ने बताए । बुबा आमाले पासपोर्ट गरे पनि समाजले कुरा काट्ने गरेको बताए ।
सिनेमा देखिएको लभ स्टोरी जस्तै छ उनीहरूको प्रेम । त्यही भिड भित्रको एउटा लभ स्टोरी, रोमान्स पनि त्यही दु:ख, पीडा, वेदना पनि त्यही र पत्र पनि तीनै रहेको लभ स्टोरी नेपाली फिल्म ‘वोवी’ पनि बनाएका छन् । उनीहरुको लभ स्टोरीलाई लिएर बनेको वोवो यही असार २९ गतेबाट रिलिज पनि हुदै छ । फिल्ममा सबै आफ्नो जीवनको लभ स्टोरीलाई समावेश गरेको उनीहरु बताउछन् ।
पूरा भिडियोमा हेर्नुहोस्
[youtube https://www.youtube.com/watch?v=lPIlRdkEUYQ]
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।