पत्रकार तथा कलाकार पुष्प कुँवरले देउडा गीतको माध्यामबाट देउडाबजारमा ह्रंगामा मचाई रहेका छन् । सुरुमा पत्रकारिता पेशा अंगालेका कुँवरले बिचमा पत्रकारिता पेशलाई बिटमार्दै देउडाबजारमा तहल्का पिटिरहेका छन् । गायक कुँवरआफै मोडेल,गायक,संगीतकार पनि हुन् ।देउडा गीत गौड्या भेट २ बाट सांगीतृक क्षेत्रमा प्रवेश गरेका कुँवरले अहिले देउडा क्षेत्रमा अपर सफलता पाइरहेका छन्
केहि समय अगाडी चौखुट्टेकी पारु देउडा गीत बजारमा ल्याको कुँवरले आज मात्रै अकोै लोक देउडा, मान्छे म त घिउ सार्वजिक गरेका छन् । उक्त गीतमा मोडेल तथा गायक पुष्प कुँवरको र चर्चित गायका टिका पुनको स्वर रहेको छ । कुँवरकै शब्द स्वर रहेको गीतमा कुँवरकै र प्रकृति साउदले मोडलीङ गरेका छन् ।
कला र संस्कृतिको खानी हो सुदुरपश्चिम । तीनै कला र संस्कृतिले सुदुर पश्चिमको पहिचान झल्किन्छ । सुदुर पश्चिमलाई चिनाउने संस्कृतिमध्येको एक हो देउडा । मध्य तथा सुदुर पश्चिमका पहाडी जिल्लाहरुमा प्रचलनमा रहेको देउडा केही वर्ष पहिलासम्म लोपउन्मुख हुने अवस्थामा पुगेको थियो ।
लोकदोहोरी तथा आधुनिक र पश्चिमा संस्कृतिको प्रभावले केहि समय ओझेलमा परेको देउडा पछिल्ला समय भने मौलाउन थालेको छ । संस्कृति प्रतिको नयाँ पुस्ताको लागाव सँगै पुर्नजन्म पाएको देउडामा रहेर विभिन्न गितहरु सार्वजनिक गर्ने क्रम तिव्ररुपमा बढ्दै गएको छ ।
[youtube https://www.youtube.com/watch?v=PhIXeH_lc84]
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।