नेपाल समाचारपत्र, नुवाकोट
एकल महिलाको हक, अधिकार र सुरक्षाको क्षेत्रमा उपलब्ध भएको रकम सबै स्थानीय तहको लक्षित बर्गसम्म पु¥याई एकल महिलाको दैनिकीलाई सहज बनाउन आबश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।
मानव अधिकारको लागी महिला, एकल महिलाको आयोजना र अन्तराष्ट्रिय सामाजिक संस्था अक्फामको सहयोगमा भएको एकल महिला सुरक्षा कोष सम्बन्धि अन्तरक्रियामा एकल महिलाहरुले वडामा सीप बिकास तथा जिविकापार्जनको क्षेत्रमा बजेट आएपनि आफुहरुलाई जानकारी नहुने बताएका छन् । एकल महिलाहरुले राज्यले उपलब्ध गरेको सेवा सुबिधा, हक अधिकार आफुले सहज रुपमा पाउनुपर्ने माग राख्दै एकल महिला संस्था नुवाकोट मार्फत केन्द«मा बुझाएको बताएका छन् । तर निबेदन बुझाएको लामो समय बितिसक्दा पनि कुनैपनि सुनुवाई नभएको एकल महिलाहरुको गुनासो रहेको छ ।
राज्यले श्रीमानको मृत्यु भएको, सम्बन्ध बिच्छेद गरेको, श्रीमान्ले पाँच बर्षभन्दा बढी समयदेखि हराएका वा बेपत्ता भएको, पैतीस बर्ष उमेर पूरा गरेको अबिबाहित महिला र अंशबन्डा गरी वा माना छुट्टिई श्रीमान्सँग अलग बसेको महिलालार्इृ एकल महिलाको बर्गमा राखेको र राज्यले उनीहरुको हक अधिकार र सेवा सुबिधा उपलब्ध गराएको छ । तर ग्रामीण भेगका अधिकांश एकल महिलाले आफुले पाउने हक अधिकारबाट अझै पनि अनबिज्ञ रहेको बताएका छन् ।
एकल महिलाको सुरक्षा कोष बिषयक अन्तरक्रियामा नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धबहादुर थापाले नेपाल सरकारले एकल महिला सुरक्षा कोषको लागी केही रकम छुटएको र यो रकम एकल महिलाको सीप बिकास, स्वास्थ्य, शिक्षा, अौषधी उपचार लगायतको क्षेत्रमा मात्र खचिर्नुपर्ने ब्यबस्था रहेको बताउनुभएको छ ।
प्रमुख जिल्ला अधिकारी थापाले एकल महिलाको आवश्यकता सबै क्षेत्रमा धेरै रहेको र एकल महिला सुरक्षा कोषको लागी छुट्टाएको रकम अत्यन्त न्यून रहेकाले सरकारले अहिले ती सबै आबश्यकतालाई परिपुर्ति गर्न सम्भब नरहेको स्पष्ट पार्नुभएको छ । उहाँले एकल महिलाहरु समाजमा आर्थिक, समाजिक र धार्मिक रुपले बहिष्कृत हुन परेको भन्दै यस्तो किसिमको भेदभाबलाई अन्त्य गर्न सामाजिक संघसस्थाहरु लगायत सरकारको तिनै तह सक्रिय भएर लाग्न आबश्यक रहेको बताउनुभएको छ ।
यस्तै, अन्तरक्रियामा बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एकल महिलाको क्षेत्रमा नगरपालिकाले आबश्यकता अनुरुप बजेट छुट्याएको बताउनुभएको छ । बिदुर नगरपालिकाका प्रमुख पण्डितले आर्थिक स्तरोन्तीको लागी ब्यबसाय गर्न , सिप सिक्न, शिक्षा आर्जन गर्न चाहने एकल महिलाहरुको लागी स्थानीय स्तरबाट आबश्यक पहल गर्र्ने बताउनुभएको छ । उहाँले स्थानीय तहमा एकल महिलाको क्षेत्रमा काम गर्न आएका अन्तराष्ट्रिय सामाजिक संस्थाहरुले नगरपालिकासँगको समन्वयनमा प्रभाबकारी र पारदर्शी ढंगले काम गर्नुपर्ने बताउनुभएको छ ।
यस्तै, कार्यक्रममा बिदुर नगरपलिकाका उपमेयर गीता दाहालले बास्तबिक एकल महिलाहरुको तथ्यांक तयार गरी सांगठनिक रुपमा अबका दिनमा आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा एकल महिलाहरु अग्रसर भएर लाग्नुपर्ने बताउनुभएको छ । बिदुर नगरपलिकाका उपमेयर दाहालले सबै स्थानीय तहमा एकल महिला संस्थाको प्रतिनिधिहरुलाई परिचालन गरी एकल महिलालाई शिक्षित, ब्यबसायीक र आत्मनिर्भर बनाउन आबश्यक रहेको बताउनुभएको छ ।
२०६३ देखि नवुाकोटमा मानब अधिकारको लागी महिला एकल महिला संस्था दर्ता गरेको जानकारी गराउदै एकल महिला नुवाकोटका अध्यक्ष देबकी पौडेलले एकल महिलाको सीप तथा क्षमता अभिबृद्धिका लागी बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभएको छ ।
उहाँले महिला तथा बालबालिका कार्यालय, नगरपालिका लगायत बिभिन्न सामाजिक संघसंस्थासँगको सहयोगमा जिल्लाका एकल महिलाहरुलाई स्वाबलम्बी बनाउने उद्धेश्यले बाख्रा, कुखुरा पालन, क्रिष्टल माला, साबुन बनाउने, कपडा सिलाउने तालिम सञ्चालन गर्दै आएको बताउनुभएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।