नेपाल समाचारपत्र, काठमाडौं
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको आयोजना र महान्यायधिवक्ताको कार्यालयको समन्वयमा संचालित प्रभावकारी अनुसन्धान तथा अभियोजनका लागि प्रहरी र सरकारी वकिलहरुको दुई दिवसीय पहिलो प्रदेश सम्मेलन २०७५ को शनिबार समापन गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले नागरिकको हकअधिकारको संरक्षण गर्दै शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने सिलसिलामा कानून कार्यान्वयन गराउने निकायहरू बिभाजित भएमा विभिन्न अप्ठ्यारा र चुनौतीहरू आउने बताउँदै नागरिकको अधिकार संरक्षण गर्न एवम् प्रभावकारी अनुसन्धान तथा अभियोजनका लागि सवै सरोकारवाला निकायले एकआपसमा समन्वय र सहयोग गर्दै व्यावसायिक निष्ठा एवम् इमान्दारिताका साथ राष्ट्रले सुम्पेको जिम्मेवारी पुरा गर्नुपर्ने उल्लेख गर्नुभयो ।
अपराध अनुसन्धान तथा नियन्त्रणसँग सम्बन्धित सबै सरोकारवालाले गम्भीरताका साथ राष्ट्रले अङ्गीकार गरेको कानून कार्यान्वयनमा दृढतापूर्वक अगाडि बढ्दै साधन, स्रोत एवम् दक्ष जनशक्तिको बिकास गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।
उक्त अवसरमा सहन्यायधिबक्ता लोकराज पराजुली र ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दीपककुमार थापाले सम्मेलनको महत्व र आवश्यकतामाथि आ(आप्mनो मन्तव्य व्यक्त गर्नुभएको भने प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान बिभागका प्रमुख प्रहरी नायव महानिरीक्षक धिरु बःन्यातले धन्यबाद व्यक्त गर्दै सम्मेलनको उद्धेश्य एवम् आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो ।
भक्तपुर जिल्लाका न्यायधिवक्ता चन्द्रकुमार पोखरेलले सम्मेलनमा छलफलबाट आएका टिप्पणी तथा निष्कर्ष सहितको राय प्रस्ताव प्रस्तुत गर्नुभएको सो समारोहमा ललितपुर जिल्लाका न्यायधिबक्ता राम घिमिरे, परोपकार प्रसुती तथा त्रीरोग अःपतालका चिकित्सक डा. देवी गुरुङ र प्रहरी नायव उपरीक्षक यादवराज उप्रेतीले सहभागीहरूको तर्फबाट मन्तव्य राख्नुभएको थियो ।
३ नम्बर प्रदेशका प्रहरी कार्यालय प्रमुखहरू, सरकारी वकिलहरू तथा चिकित्सक समेतको सहभागिता रहेको शुक्रबारबाट सुरू भएको उक्त सम्मेलनमा सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजनकर्ताको सम्पादनसँग सम्बन्धित विविध विषयमा छलफल भएको थियो ।
समापन समारोहमा प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरू, सरकारी वकिलहरू एवम् सञ्चारकर्मीहरू समेतको उपःिथति रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।