सचिन पंगेनी
कलाकार सीताराम कट्टेल धुर्मुसले यति बेला तराईका बाढी पिडितको लागी राहत बाड्नमा व्यस्त हुदै गर्दा एक युवकले धुर्मुसलाई गाली गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशका अध्यक्ष समेत रहनु भएका कट्टेलले विपदको समयमा सहयोगी मनहरुले बाढी प्रभावितलाई सहयोग गर्नुपर्ने बताउदै सोहि अनुरुप आफुपनि प्रत्यक्ष रुपमा काम गरी रहेका छन् । अहिले उनलाई धेरैले जिउदो भगवानको रुपमा मान्दै पनि आएका छन् | तर उनै सबैको घाउमा मलम बन्दै गरेका हास्यकलाकार धुर्मुसलाई फेसबुकमा एक स्टाटस राख्दै आत्माराम थपलियाले धुर्मुस-सुन्तलीको नाटक भन्दै भन्न भ्याएका छन् |
आत्माराम थपलियाको फेसबुक स्टाटस यस्तो छ -अनि ति धुर्मुस र सुन्तली भन्नेले जतिसुकै नाटक र नौटंकी गरुन रोमन क्याथोलिक माफियाका पाल्तू हुन ति, पाल्तू नै रहनेछन । माफियासँग पैसा हुन्छ, सहयोग गरेको नाटक गर्छ तेतीनै हो । दशैंमा काटीखाने खशीलाई बास्मतीको चामल र मकैको भात त हाम्रा हजुरबा पनि खुवाउँथे । दशैंमा काटीखाने खशीको **** कन्याईदिँदै लेप्रे पारेर कुरा पनि गर्थे हजुरबा । तर जति नै मायाँको नाटक गरे पनि दशैं त दशैं नै हो !