संवाददाता,
३२ साउन सुनवल । एन एमबी बैंक सुनवलको आयोजनामा आज बित्तिय सक्षरता कार्यक्रम सोमनाथ बाबा क्याम्पस परिसरमा संम्पन्न भएको छ । २ सय जनाको सहभगीता रहेको कार्यक्रममा सोमनाथ बाबा क्याम्पस प्रमुख शंकर गौतम, ब्यापार केन्ँद्रको प्रबन्धक सुरेन्द्र मान महर्जन,कलस्टर प्रबन्धक बिष्णु प्रसाद पौडेल, मुख्य शाखा ट्राफिकचोक बुटवलका शाखा म्यानेजर नबीन बिष्ट, एन एमबी बैंक सुनवल शाखाका प्रबन्धक निरज तिमिल्सेना, एन एमबी बैंक सुनवल शाखा संचालन प्रबन्धक गोबिन्द पिडि पाण्डे , एन एमबी बैंक सुनवल शाखाका डी यस ए शारदा खत्री , सोमनाथ बाबा क्याम्पसमा अध्ययपन गराउने शिक्षिकशिक्षिकाहरुको सहभगिता रहेको थियो । प्रराम्भिक बाल्यकालदेखि नै बिद्यार्थीहरुलाइ बचत गर्ने बानीको बिकास गर्ने उदेश्य लिएर कार्यक्रमको संचालन गरिएको थियो ।
हरेक चरणमा व्यक्ति पैसाको आवश्यकता छ ।पैसा रूखजस्तो बढ्न सक्दैन यसलाई सुरक्षित गर्न आवश्यक छ ।बैंक सामान्य देखि सबैका लागि साथी हो ।हामी बचत गर्न र क्रेडिट सिर्जना गरी बैंक बाट लाभ प्राप्त गर्न सक्छौ ।भन्ने कुरामा बक्ताहरुले जोड दिएका थिए ।उक्त कार्यक्रमको संचालन निरज तिमिल्सेनाले गर्नुभएको थियो ।