राजविराज, (नेस)
उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विकृत मानसिक्ता वोकेर आधुनिक र सभ्य समाज निर्माण हुन नसक्ने वताउँदै मानसिक्ता परिवर्तन नगरे सप्तरीको पनि विकास नहुने वताएका छन् । सप्तरी उद्योग वाणिज्य संघले शनिवार राजविराजमा आयोजना गरेको छलफल कार्यक्रममा स्वास्थ्य, शिक्षा, सडक, विजुली, पानी, पुल, वाँधलगायत हरेक क्षेत्रमा सप्तरी पछि परेकाले द्रुत गतिमा विकास निर्माणका काम अघि वढाउन ब्यापारी÷ब्यवसायीहरुले माग गरेपछि यादवले यस्तो वताएका हुन् ।
गुणस्तरीय शिक्षा र स्वास्थ्य, महिला सशक्तिकरण तथा लागु औषध र मदिरावाट समाजलाई मुक्त गराउँदै पुरातनवादी मानसिक्तावाट वाहिर निस्कन सकेमात्र समाजको विकास हुने भन्दै उनले थपे–‘स्वस्थ शरिर अनि तगडा दिमाग भए भौतिक विकासको चिन्तै गर्नुपर्दैन, आफसेआफ तयार हुन्छ।’
सप्तरीमा जातिय विद्वेश चरम उत्कर्षमा रहेको वताएका मन्त्री यादवले यस्ता विकृतिको अन्त्य नभएसम्म विकासको गति अघि वढ्न नसक्ने दावी गरे । विकास र समृद्धिका काममा महिला सहभागिता अनिवार्य सर्त भएको पनि उनले वताए । ‘जहाँ महिलालाई अर्धवन्दि वनाएर राखिन्छ त्यहाँ विकासको गति कसरी अघि वढ्छ ?’ उनले भने–‘समृद्धिको यात्रामा जवसम्म महिलालाई सँगै अघि वढाईदैन तवसम्म कुनै पनि काम पुर्ण हुँदैन ।’
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।