नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा छोरीको हत्या गरेको अभियोगमा एक आमा पक्राउ परेकी छन् । उनलाई काठमाडौँबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लमजुङमा ल्याएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने महिला लमजुङ जिल्लाको रागिनास नगरपालिका– ३ ढाँडखर्कमा स्थायी बासोबास भएकी ३० वर्षीया सम्झना बि.क. भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले १८ महिना पुगेकी छोरी मञ्जिला बि.क.लाई मार्ने नियतले घाँंटीमा सल बेरी कसी घाइते बनाएको अवस्थामा आफन्तले देखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनु भयो । उहाँका अनुसार ती बालिकाको उपचारका लागि आफन्तजन तथा बालिकाकी आमा सम्झना बि.क.समेतले स्थानीय मेडिकल लगेका रहेछन् ।
त्यहाँ ती बालिकाको उपचार हुन नसक्ने भन्दै काठमाडौं स्थित कान्तीबाल अस्पतालमा रिफर गरिएको रहेछ । तर उपचार गर्ने क्रममा बालिकाको असार १८ गते मृत्यु भएको हँुंदा मृतक बालिकाकी आमा सम्झना बि.क.लाई तत्काल महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरी थप अनुसन्धानको लागि यस कार्यालयमा उपस्थित गराएको अपधकारीले बताउनु भएको छ । उहाँका अनुसार ती महिलाको जिल्ला अदालतबाट १२ दिनको भ्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।