नेपाल समाचारपत्र, काठमाडौं ।
काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा कवाडका सामानहरु संकलन गर्ने बहानामा बिहान तथा दिउसोको समयमा घरमा कोही नभएको मौका पारी घरको ढोका तथा झ्याल फोडी नगद ,सुन चाँदीका गर गहना, बिभिन्न मोवाईल र अन्य ईलोक्ट्रोनिक्स सामानहरु चोरी गर्ने कार्यमा संलग्न २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा भारत विहार मोतिहारी घर भई हाल काठमाडौं महानगरपालिका–१२ टेकु सबलबहाल बस्ने १९ वर्षीय करण पोदार र भारत बिहार समस्तिपुर घर भई टेकु सबलबहाल बस्ने १७ बर्षीय सुरज पोदार रहेका छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शनिबार काठमाडौं महानगरपालिका–१५ डल्लु आवास क्षेत्र स्थित सोनी श्रेष्ठको घरमा कोही नभएको मौका पारी ढोका फोडी नगद तथा सुन चाँदीका गर गहना समेत गरी करीव ३१ लाख ३३ हजार १ सय २० रुपैयाँ बराबरको धनमाल चोरी गरेर लैजादै गरेको अवस्थामा सामान सहित डल्लु आवास क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।