टंक सुनार
रुपन्देही, साउन ३२ । अविरल बर्षातका कारण रुपन्देहीको देवदहमा घर भत्किएको छ । देवदह–२ सन्ते डाडाकी निरमाया सार्कीको घर भत्किएको हो । घर भत्किएपछि निरमायाको परीवार छिमेकीको घरमा सरण लिएका छन । माटोको गारो भएको घरमा पानी पसेपछि एक तर्फको भाग भत्किएको हो ।
घरको बाकी भएको भागमा पनि चिरा परेको छ । आश्रयस्थल पानीले भत्काइदिएपछि विपन्न निरमायाको परीवार विचल्लिमा परेको छ । सामान्य ज्याला मजदुरी गरेर जीवन निर्वाहा गर्दै आएको उनको परीलाई अब के गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । वाढी पिडितको नाममा राहत संङ्कलनको कार्य जारी रहेता पनि निरमायाको दुःखमा कसैको ध्यान पुग्न सकेको छैन ।