काठमाडौँ ।
महानगरीय प्रहरी परिसरले विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने चारजनालाई पक्राउ गरेको छ ।
परिसरले विश्वकप फुटबलमा सट्टेबाजी खेलाउँदै आएको अवस्थामा काठमाडौँका अमित श्रेष्ठ, निराजन पौडेल, अनिल भण्डारी र तनहुँका प्रमोद रानाभाटलाई शनिबार राति नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता मोहनकुमार थापाले विश्वकप फुटबलका नाममा करोडौँ रकम खेलाउने गरेको भन्दै प्रहरीले सट्टेबाजीलाई विशेष अनुसन्धान गरिरहेको बताउनुभयो । “विभिन्न फुटबल टिमको हारजितमा विभिन्न व्यक्तिसँग नगद लाभ लिने गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेका हौँ,”–उहाँले भन्नुभयो ।
प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट चार थान मोबाइलसमेत बरामद गरेको छ । पक्राउ परेकालाई अनुसन्धानका लागि हिरासतमा राखिएको महाशाखाले जनाएको छ ।
रासस
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।