दोलखा, (नेस)
प्रशासनिक पुनर्संरचनाको सन्दर्भमा सेवा प्रवाहको प्रभावकारीता र तहगत अन्तरसम्बन्ध विषयक अन्र्तक्रिया तथा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतका लागि क्षमता विकास सम्वन्धि तीन दिने तालिम सदरमुकाम चरीकोटमा आइतबार सम्पन्न भएको छ ।
उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति र प्रशासनिक अदालतको आयोजनामा भएको प्रशासनिक पुर्नसंरचनाको सन्दर्भमा सेवा प्रवाहको प्रभावकारीता र तहगत अन्तरसम्बन्ध विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागि सरकारी कार्यालय तथा स्थानिय तहका जनप्रतिनिधि, कर्मचारीहरुले जनतालाई प्रवाह गर्ने सेवा सुविधा सहज र सरल बनाउने लगाएतका २५ बुँदे दोलखा घोषणापत्र कार्यान्वयन गर्ने, अर्धन्यायीक निकायले न्याय सम्पादन गर्दा कानुनको मूलभावना अनुरुप गर्ने, स्थानिय तहमा रहेको न्यायीक समितिलाई क्षमता विकास तालिम प्रदान गर्ने, स्थानिय तहले अल्पकालिन तथा दीर्घकालिन गुरुयोजना निर्माण गर्ने लगाएतका प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा प्रशासनिक अदालतका अध्यक्ष काशीराज दहालले प्रशासनिक पुर्नसंरचनाको सन्र्दभमा सेवा प्रवाहको प्रभावकारीता र तहगत अन्तरसम्बन्ध विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो क्रममा अध्यक्ष दहालले जनतालाई सहज र सरल ढङ्गले गुणस्तरीय सेवा प्रदान गर्नु कर्मचारी तथा जनप्रतिनिधिहरुको दायित्व भएको बताउनु भयो ।
उहाँले जनतालाई सेवा प्रवाह गर्न संविधानले वाधा अवरोध नगर्ने उल्लेख गर्नुहुदै नेतृत्वले सबै विषयलाई सही ढङ्गले व्यवस्थापन गर्न सक्नुपर्ने बताउनुभयो ।
जिल्ला न्यायाधीश कमलराज विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरत केसी, तामाकोसी गाँउपालिकाका प्रमुख इश्वरचन्द्र पोखरेल, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक र जिल्ला समन्वय अधिकारी तुलसिनाथ गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।