एजेन्सी । भारतीय टेलिभिजन शो ‘तारक मेहता का उल्टा चश्मा’ मा डाक्टर हंसराज हात्तीक भूमिका निर्वाह गर्ने कलाकार कवि कुमार आजादको निधन भएको छ ।
यी कलाकार यो चर्चित शोमा लामो समयदेखि आवद्ध थिए । कलाकार कवि कुमार आजादको मृत्यु हृदयघातका कारण भएको हो ।
केही दिन पहिले यी कलाकारले ट्विटर एकाउन्टबाट एउटा तस्विर पोस्ट गरेका थिए । यस तस्विरमा यी कलाकारले भनेका थिए, ‘कसैले भनेको छ, भोली होस या नहोस, म भन्छु पल होस न होस हरक्षण जिउनु ।’
कलाकारको मृत्युले भारतीय टिभी क्षेत्रलाई ठुलो झट्का लागेको छ । समाचार अनुसार कलाकारले सन् २०१० मा आफ्नो ८० किलोको तौल सर्जरीबाट घटाएका थिए । यस सर्जरीपछि उनको दैनिक जीवन सहज भएको थियो ।
एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘मेरो अभिनय दर्शकले मन पराइदिनु भएकोमा मलाई धेरै खुसी लागेको छ ।’ ‘तारक मेहता का उल्टा चश्मा’का कारण कवि कुमार आजादको परिचय घर घरसम्म पुगेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।