काठमाडौं, (नेस) । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार ३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिले ३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको संसद्लाई जानकारी दिनुभएको छ ।
राष्ट्रपतिले ‘संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्वन्धी विधेयक, २०७५’ र ‘राष्ट्रिय सभा निर्वाचन विधेयक, २०७५’ र ‘वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक, २०७५ प्रमाणीकरण गर्नुभएको हो ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीमा सभामुखले विधेयक प्रमाणीकरण सम्वन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यवहोरा पढेर सुनाउने कार्यतालिका रहेको थियो तर कांग्रेस सांसद्ले संसद अवरोध गरेकाले कार्यतालिका प्रभावित भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।