काभ्रे, (नेस)
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती रुट ईकाईको १४ औ अधिबेशनमा जेष्ठ ममजदुर सदस्यद्धयलाई नगद ५० हजार सहित सम्मान गरिएको छ । ‘अनुशाति भई सवारी साधन चलाउने दुई मजदुरलाई जेष्ठ सदस्य सम्मानबाट नगद सहित सम्मान गरिएको हो’–अध्यक्ष बेदप्रसाद घिमीरेले भने ।
हरेक वर्ष मजदुरलाई सम्मान गर्ने अभियान अन्र्तगत यो वर्ष दुई मजदुरलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा रामप्रसाद तिमल्सिना र बुद्धिलाल नापित रहेका छन् । तिमल्सिना र नापित झण्डै दुई दशक देखि निरन्तर संगठनको सदस्य रही सवारी क्षेत्रमा कृयाशिल थिए । संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राईले सम्मान पत्र, नगद सहित सम्मान गरेका थिए ।
अधिबेशनको उद्घाटन सभामा बोल्दै प्रमुख अतिथी राईले मजदुरहरुका समस्या समाधानमा सरकारको प्रतिवद्धता र ब्यवसायीहरुले कार्यान्वयनमा सहयोग गर्नु पर्ने बताए । मजदुरको विमा, संचयकोष, उपदान, न्युनतम तलब, नियुक्ति, परिचयत्रप, लाईसेन्स लगायतका विषयमा समस्या भएको भन्दै सरकारी निकायहरुले मजदुर भन्ने वितिक्कै हेप्ने र तल्लो स्तरको ब्यवहार गर्ने गरेको बताए । मजदुरहरुकै सहयोग र सहभागितामा मुलुकमा आएको परिवर्तनलाई सम्झन प्रमुख अतिथी राईले स्मरण गराए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।