भदौं २ नवलपरासी । लायन्स क्लब अफ भुमही नवलपरासीले आज सुस्ता र प्रतापपुर गाउपालिकामा बाढीबाट बढी प्रभाबित घरपारिवारलाइ राहत सामग्री बितरण गरेको छ । लायन्स क्लब अफ रामनगर भुमहीका अध्यक्ष कृष्णा प्रसाद श्रेष्ठको नेतृत्वमा भुमहिका बिभिन्न ब्यापारी , ब्यक्ति लगायातबाट संकलन गरिएको राहत सामग्री बितरण गरिएको छ ।सुस्ता गाउपालिकाको वार्ड न .५ का ७० घरधुरीलाइ र प्रतापपुर गाउपालिकाका वार्ड न . ८ का ५० घरधुरीलाइ करिब रु डेढ लाख बराबारको चामल,दाल, चिउरा नुन, तेल, लत्ताकपडा लगायात सामग्री बितरण गरेको सहकर्मी जिवन नयौपानेले जानकारी दिनुभएको छ ।