सचिन पंगेनी
देवेन्द्र पौडेल सहितका नेताले नयाँ शक्तिमा असन्तुष्टि राख्दै फरकमत बुझाएका साथै बृहत ध्रुविकरण केन्द्रीय संयोजन समिति गठन गरेका छन् । पौडेलसहितका केही नेताहरुले केहि दिनअघि पत्रकार सम्मेलन गरेर बृहत ध्रुविकरणको आह्वान गरेर यस्तो समिति बनाएका हुन् ।
उनीहरुलाई बृहत ध्रुविकरणको आह्वानसहित पत्रकार सम्मेलन गरेपछि नयाँ शक्तिका संयोजक डा. भट्टराईले २४ घण्टे स्पष्टिकरण मागेका थिए ।
नयाँ शक्तिसँग बिद्रोह गर्नेहरुमा देवेन्द्र पौडेल, बामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिपाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अन्सारी, हरि चौँलागाई, शर्मिला तमाङ, रत्न राना, रविन्द्र सुनुवार, ललित ठगुन्ना र कुलबहादुर मोक्तान रहेका छन्।