राम धामी, डडेल्धुरा
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा बहुमुखी क्याम्पसले अवैध किसिमले बिद्यार्थीबाट फरक फरक शिर्षकमा शुल्क लिईरहेको क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको गुनासो छ ।
त्रिभुवन बिश्वबिद्यालयका आंगिक क्याम्पसमा त्रिबि प्रशासनले नै विभिन्न शिर्षकमाथिको शुल्क निर्धारण गरेको भएपनि डडेल्धुरा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख गंगादत्त उप्रेतीले बिभिन्न शीर्षक थपगरि बिद्यार्थीबाट अबैध शुल्क असुलीको धन्दा चलाएको विद्यार्थीहरुको आरोप छ ।
पछिल्लो समय क्याम्पस भर्ना देखि रजिष्ट्रेसन फाराम र परीक्षा फाराम बुझाउदा र परीक्षा दिदासम्म समेत शुल्क थपिदै जाने गरेको बिद्यार्थीहरूको गुनासो छ । “त्रिबिले तोकेको परीक्षा शुल्कमा समेत क्याम्पस प्रमुखले बिभिन्न शीर्षक थपगरि बिद्यार्थीलाई दोहारो मारमा पार्ने काम भएको छ ।” क्याम्पसमा अध्ययरत बिद्यार्थीहरु भन्छन, “बिद्यार्थीहरूलाई प्राक्टिकल बिषय भन्दै क्याम्पस र त्रिबि दुबैलाई फरक फरक शुल्क बुझाउनु परेको छ भने नियम विपरित परीक्षा फाराम शुल्कमा थप आंशिक बिषय परीक्षा शुल्क लिने गरेको पाइएको छ ।”
यस बिषयमा क्याम्पसमा कृयासिल सबै बिद्यार्थी संगठनहरु र स्वतन्त्र बिद्यार्थी युनियन अनबिज्ञ रहेको बिद्यार्थीहरुको गुनासो छ । यसबारेमा बुझ्दा क्याम्पस प्रमुख उप्रेतीले क्याम्पसको आर्थिक अबस्था जर्जर भएकाले बिद्यार्थीबाट सहयोग स्वरूप रकम मागिएको भन्ने अभिब्यक्ती दिने गरेको एक बिद्यार्थी नेताले बताए ।
त्रिबिले करोडौ खर्च गरेर दर्जनौ प्राध्यापक खटाइरहेको यस क्याम्पसमा आन्तरिक स्रोतबाट भर्ना भएका पार्टटाइम शिक्षक कर्मचारीको तलब ब्यबस्थापन गर्न बिद्यार्थीबाट रकम लिने गरिएको क्याम्पस प्रशासन सम्वद्ध स्रोतले जनाएको छ । स्रोतका अनुसार अधिकांश कर्मचारीले समयमै तलब खान पाएका छैनन् । क्याम्पस प्रमुख उप्रेतीले परीक्षा दस्तुर त्रिबीले तोकेको भन्दा हरेक बिद्यार्थीबाट ५० रूपैयाका दरले थप लिएको विद्यार्थीहरुको गुनासो छ ।
क्याम्पसको नाममा रहेको ल्याण्डलाईन फोनको बिल क्याम्पसले बुझाउन नसक्दा बिगत चार महिना देखि क्याम्पसमा टेलिफोन सेवा अबरूद्द छ भने क्याम्पस प्रमुखले प्रयोग गर्ने ल्याण्डलाईन फोन ०९६–४१०२५३ को पनि बिल तिर्न नसक्दा लाईन काटिएको छ ।
यस सम्बन्धमा नेपाल विद्यार्थी संघ डडेल्धुरा बहुमुखी क्याम्पस इकाईका सभापति सन्तोष देउवाले क्यापस प्रशासनले विद्यार्थीलाई समस्यामा पार्ने काम पटक पटक भईरहेकाले सो का बिरुद्ध आवाज उठाउदै आएको र क्याम्पसमा भईरहेका आर्थिक अराजकताका बिरुद्ध निरन्तर संघर्ष गरेको बताए । उनले क्याम्पस प्रशासनले त्रिभुवन विश्वविद्यालयको नीति विपरित असुल भईरहेको शुल्क तत्काल फिर्ता गरिनुपर्ने बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।