नेपाल टेलिकमले एउटै सिष्टम प्रयोग गरी सिडिएमए, जिएसएम, वाईम्याक्स, एडीएसएल सेवा संचालनमा ल्याएको छ । ग्राहकको सेवालाई ध्यानमा राखेर एउटै सिष्टमबाट सबै सेवा संचालनमा ल्याउने व्यवस्था गरिएको टेलिकमले जनाएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले ग्राहकहरुलाई यो सेवा बाट थप सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।
टेलिकमले अप्टिकल ग्राउन्ड वायर ११ वटा जिल्लामा थप गर्ने कार्य योजना अघि सारेको छ । दुर्गम भेगमा समेत भिडियो सेवाको विस्तार गर्न वायरको थप सेवा विस्तार गर्न लागिएको हो । अव भोजपुर, संखुवासभा, खोटाङ, रामेछाप, दोलखा, मुस्ताङ, दैलेख, डडेलधुरा, डोटी, बैतडी र अछाम जिल्लामा पनि भ्वाईस, डाटा तथा भिडियो सेवा उपलब्ध हुनेछ । टेलिकमले आफ्नो वेबसाईट डब्लू डब्लू डब्लू डट एनटिसी डट नेट डट एनपीलाई समय सापेक्ष परिवर्तन गर्दै लैजाने प्रतिवद्धता जनाएको छ ।