संवाददाता,
दाङ २ भदौ । जिल्ला भुमि सुधार कार्यालय दाङ पाँच महिना देखी कार्यालय प्रमुख बिहिन बनेको छ । भुमिसुधार अधिकारी टीकाराम ढकालको गएको चैत्र १३ गते सरुवा भए पछि कार्यालय प्रमुख बिहिन बनेको हो ।सरुवा भएको पाँच महिना पुग्न लाग्दा समेत नयाँ कार्यालय प्रमुख नआउदा कार्यालयबाट प्रवाह हुने सेवामा समस्या आएको छ । कार्यालयको जिम्मा निमित्त कार्यालय प्रमुख नारायणप्रसाद पोख्रेलले सम्हालेका छ ।तर उनले आफुलाई अधिकार नदिएका कारण अन्तिम अवस्थामा रहेका मुद्धाहरुको फैसला समेत हुन नसकेको बताए । प्रमुख नहुदा मोही र जग्गाधनीको बिचमा मिलापत्र हुन नसकेको, मोही नामसारी, मोहीको लगत कट्टा गरीपाउँ भन्दै परेका उजुरीहरु सम्वोधन हुन सकेका छैनन् ।साथै कार्यालयमा मोही सम्बन्धी विभिन्न खालका निवेदन परे पनि ती निवेदनको टुंगो लाग्न सकेको छैन । दैनिक मोही किसानहरु कामका लागि आउने गरे पनि कार्यालय प्रमुख नभएकै कारण समस्या भएको निमित्त प्रमुख पोख्रेलले बताए ।