संवाददाता,
२ भदौ दाङ । दाङमा एक महिनाको अबधीमा साढे ४३ हजार मतदाता थपिएका छन् । साउन १ गते देखी ३२ गते सम्म ४३ हजार ४ सय १० जना नयाँ मतदाता थपिएका हुन् । प्रदेश र संघको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले थालेको फोटो सहितको मतदाता नामावलीमा झण्डै साढे ४३ हजार नयाँ मतदाता थपिएका हुन् थपिएका मतदाताहरु मध्य सबै भन्दा धेरै घोराहीमा रहेका छन् । जिल्ला निर्वाचन कार्यालयमा एक महिनाको अबधीमा १७ हजार ९ सय ४२ जना मतदाताले नाम दर्ता गराएका छन् । त्यसै गरी तुलसीपुर उप महानगरपालिकामा ६ हजार २ सय ३, लमही नगरपालिकामा ३ जार ९ सय ९४, राप्ती गाउँपालिकामा ४ हजार ९ सय ४९ र गढवामा ३ हजार एक सय ४२ जना मतदाताले नाम दर्ता गराएको निर्वाचन कार्यालयका सुचना अधिकारी गेहेन्द्र कवँरले जानकारी दिएका छन् ।