काठमाडाैं । गएरातिदेखि परेको अविरल वर्षाका कारण उपत्यकाको ललितपुरमा पनि बाढीको दुष्प्रभाव परेको छ । यतिबेला ललितपुरको ग्वार्कोबाट लुभु जाने सडक अवरुद्ध बनेको छ । ग्वार्कोबाट लुभु जाने बाटोमा पर्ने गोदावरीको पुरानो पुल नयाँ बनाउन ठेकेदारले भत्काएको र नयाँ बनाउन शुरु नै नगरिएको अवस्था छ ।
यस अवस्थामा सो खोलामा खोला वारपार गर्न डाइभर्सन बनाएकोमा अहिले सो डाइभर्सनमाथिबाट खोला बग्न थालेकोले लुभु–ग्वार्को सडक अवरुद्ध भएको हो ।
लुभुबाट गोदावरी नदी तरेर आउने कुनै पनि सवारीसाधन, एम्बुलेन्स, मोटरसाइकल अहिले सो सडकबाट आवतजावत गर्न सक्ने अवस्था छैन । बिहान घरबाट निस्किएका विद्यार्थी, कर्मचारी र अन्य प्रयोजनका निस्किएका व्यक्ति घर फर्कने अवस्था छैन । गोदावरी नदीपारि लुभुतिरका बासिन्दा अहिले अरू क्षेत्रसँग सम्पर्कविच्छेदको अवस्थामा छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।