अर्जुन बोहरा, सिमकोट हुम्ला ।
हुम्लाको सर्केगाढ वडा नम्बर १ र मुगु जिल्लाको शोरु गाउँपालिका वडा नम्बर ५ का स्थानीय बासिन्दाले पहिलो पटक बत्ती बालेका छन । दुबै जिल्लाका दुर्गम गाउँमा अहिले सम्म बत्ती नभएको अवस्थामा स्थानीय बासिन्दाको अथक प्रयासमा गाउँमा पहिपटक बत्ती पुगेको हो । जैर गाउँमा पानीको श्रोत नभएकोले दुबै जिल्लाका गाउँले मिलेर अँध्यारोबाट मुक्त गराउनको लागि अहिले ६५ किलो वार्डको नेरघाट सानाजलविद्युत आयोजनाबाट विजुली उत्पादन भएको छ ।
२०६८ देखि मुगुको साविकको फोतु गाउँविकासले शुरु गरेको भएपनि निर्माण कार्यले निरन्तरता नभएपछि दुबै जिल्लाका नजिकका गाउँले मिलेर आफ्नै श्रम र अन्य निकायाको सहयोगले बत्ती बाल्न सफल भएको निमार्ण समितिका अध्यक्ष ज्ञामी बुमीले बताउनु भयो । अध्यक्ष बुमीका अनुसार आफनो गाउँमा प्राप्त पानीका मुहान नभएकाले नजिककै छिमेकी जिल्ला अन्र्तगत फोतु गाउँमा पर्याप्त मात्रमा पानीका श्रोत भएकै कारणले पहिलो पटक पुगेको हो ।
जिल्ला फरक परेता पनि भौगलिका हिसाबले नेरघाट र जैर नजिक गाउँ भएको र परम्परागत रुपमै संस्कार गाँसिएकोले दुबै गाउँले बति बाल्न पाएको समेत सर्केगाढ गाउँपालिका उपाध्यक्ष जोशी धामीले बताउनु भयो । दुबै गाउँका बास्न्दिा लाई आ–आफनै जिल्ला सदरमुकाम सम्म पुग्न २ दिन लाग्ने भएकोले पनि प्राकृतिक, सांस्कृतिक, भावानात्मक कुरा मिलेकोले पहिलो पटक गाउँले मिलेर बत्ती बालेका छन् ।
भौगोलिक विकटता र आर्थिक स्रोतका कारण अघि बढ्न नसकेको दुबै जिल्लाका दुर्गम गाउँ लाई बत्तीबाल्नको लागि ५० लाख रकम विनियोजन गरेको सर्केगाढ गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले बताए । जिल्ला फरक भनियता पनि गाउँ निजीकै भएकोले पनि आगामी दिनमा आफुले अझै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।
बैकल्पिकउर्जा प्रबद्धन केन्द्र बाट २ करोड ५० लाख, सर्केगाड गाँउपालिकाको ५० लाख र सोरु गाँउपालिका बाट १५ लाख गरी कुल ३ करोड १५लाखको लागतमा नेरखोला जलविद्युत आयोजना निमार्ण सम्पन्न भएको नेरका स्थानीय बासिन्दा धर्मबहादुर शाहीले बताउनु भयो ।
आयोजनाबाट उत्पादन भएको ६५ किलोवाट बिधुत मुगु जिल्लाका सोरु गाउँपालिका ५ का नेरगाउँका २ सय घरधुरी र हुम्ला जिल्लाका सर्केगाढ गाउँपालिका १ जैरका ३ सय घरधुरी लाई उज्यालोसँग जोडने भएको छ ।
बर्षौ दिन देखि अलपत्र परेको विद्युत आयोजन अहिले आएर दुबै गाउँलेको अथक प्रयासमा बति बालेका छन । विद्युत निमार्ण ढिलाई हुनको कारण मेसिनहरु निमार्ण स्थलमा सम्म पुर्याउन ढुवानीका लागी हेलिकप्टर प्रयोग गरिनुपर्ने अवस्थामा समय लम्बिएको समेत निमार्ण समितिले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।