जता कतैका फ्यानहरूले सेलीब्रेटीहरूलार्इ कहिलेकाहीँ निकै सम्मान दिन्छन् त कहिले उति नै अपमान पनि गर्छन् । कतिपय फ्यानहरूले सेलीक्रेटीहरूप्रति निकै अभद्र व्यवहार देखाउँछन् ।
‘द-ब्याङ’ टुरको सिलसिलामा नायक सलमान खानको टोलीमा क्यानाडाको भान्कोउभरमा पुगेकी नायिका कट्रिना कैफले फ्यानहरूकाे अभद्र व्यवहारकाे सामना गर्नुपरेकाे छ । फ्यानहरूले उनलार्इ साेच्दै नसाेचेकाे जवाफ फर्काएका छन् ।
शाेका लागि कट्रिना जब आफू बसेको होटलबाट निस्किइन्, होटलको बाहिर थुप्रै फ्यानहरुकाे भिड जम्मा भएकाे थियाे । कट्रिनाले उनीहरु आफूसँग सेल्फी खिच्न प्रतिक्षा गरेकाे ठानेर भनिन्- ‘प्लिज, म अहिले हतारमा छु । पछि गरौंला ।’
त्यसपछि त्यहाँका फ्यानहरुले कट्रिनाले नसाेचेकाे जवाफ फर्काए उनीहरूले भने-‘ हामी तिमिसित फोटो खिच्न आएका होइनौं । तिमी जाँदा हुन्छ ।’ भिडबाट केहीले भने हामी सलमानका लागि अाएका हाैँ, तिम्राे काम छैन् यहाँ।’ यसाे भन्दा कट्रिनाकाे अनुहारकाे चमक नै उड्याे ।
तर, त्यहाँ भएका तीनचार जनाले उनीप्रति सहानुभूति देखाए र प्लिज म्याम भन्दै सेल्फी खिच्न चाहे कट्रिनाले पनि खुशी हुँदै उनीहरुसँग पोज भने दिइन् । एक फ्यानले भने, ‘तपाईं ठूलो मनकी हुनुहुन्छ । अरू फ्यानहरुको कुराले चित्त नदुखाउनुहोला ।’
उनलार्इ कतिसम्म सान्त्वना मिल्याे त्याे त उनैलार्इ थाहा हाेला तर ती अभद्र फ्यानहरूकाे व्यवहारले कट्रिना जिल्ल भने परिन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।