नेपाल समाचारपत्र, नुवाकोट
ऐतिहासिक धरोहर नुवाकोटको पहिचान, खुला दिशामुक्त समाज हाम्रो अभियान भन्न्ो नाराको साथ नुवाकोट जिल्लालाई शुक्रबारदेखि खुला दिशामुक्त क्षेत्र जिल्ला घोषणा गरिएको छ ।
जिल्लामा रहेको २ नगरपालिका र १० गाउपालिकालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेसँगै पूरै जिल्लालाई नै खुला दिशामुक्त जिल्ला घोषणा गरी नुवाकोटलाई मुलुकको ५८ औँ खुला दिशामुक्त जिल्ला घोषणा गर्न सफल भएको हो । खुला दिशामुक्त जिलला घोषणा गर्नु अघि जिल्लामा रहेका स्थानीय तहमा शौचालयको अबस्थाबारे क्षेत्रीय अनुगमन तथा सुपरिबेक्षण टोलीबाट अनुगमन गरिएको थियो ।
जिल्लाको सदरमुकाम बिदुर स्थित जिल्ला समन्वयन समितीको प्रांगणमा आयोजित खुला दिशामुक्त घोषणा कार्यक्रममा प्रतिनिधि सभा सदस्य बहादुर सिंह लामाले नुवाकोट ५८ औँ खुला दिशामुक्त जिल्ला भएकोमा खुसी ब्यक्त गर्दै अब नुवाकोट सरसफाईमुक्त जिल्ला बनाउन सबै नागरिकलाई आग्रह गर्नुभएको छ । प्रतिनिधि सभा सदस्य लामाले नुवाकोटलाई खुल्ला दिशामुक्त घोषणा गरेपनि यसलाई कार्यान्वायन गर्न भने चुनौती रहेको बताउनुभएको छ ।
यस्तै, कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति तथा सांसद जगदिशनरसिंह केसीले जिल्ला खुला दिशामुक्त हुनु नुवाकोटको ईज्जत र प्रतिष्ठासँग जोडिएको भन्दै सचेत नागरिकको पहिचान दिन शौचालय निर्माण भएसँगै सरसफाईको आचारसंहितालाई पनि पूर्ण पालना गर्न नागरिकहरुलाई आग्रह गर्नुभएको छ ।
उहाँँले जिल्लालाई दिशाा रहित क्षेत्र बनाई राख्न अब नुवाकोटकै नागरिकहरुको दायित्व रहेको बताउनुभएको छ । अहिले ०.५४ प्रतिशत घरधुरीमा अझै शौचालय नभएको जानकारी दिदै उहाँले खुला ठाउमा दिशा पिसाब गर्दा पर्न सक्ने नकारात्मक असरहरुबारे ग्रांमीण भेगमा जनचेतना जगाउन आबश्यक रहेको बताउनुभएको छ ।
यस्तै, कार्यक्रममा खानेपानी सरसफाई तथा स्बच्छता समन्वयन समितीका संयोजक एबं जिल्ला समन्वयन समिती नुवाकोटका प्रमुख सन्तमान तामाङले जिल्ला खुला दिशाामुक्त क्षेत्र घोषणा भएसंगै आबश्यक स्थलमा सर्बाजनिक शौचालयको निर्माण नहुनु मुख्य चुनौती रहेको बताउनुभएको छ । खानेपानी सरसफाई तथा स्बच्छता समन्वयन समितीका संयोजक तामाङले दिशा रहित जिल्ला र सरसफाईको आचारसंहिततालाई पालना गराउनको लागी बिभिन्न संघ संस्थाहरुसँगको समन्वयनमा साबर्जनिक शौचालय निर्माणमा पहल गरिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिती नुवाकोटले आयोजना गरेको खुला दिशामुक्त क्षेत्र जिल्ला घोषणा कार्यक्रममा क्षेत्रीय अनुगमन तथा सुपरिबेक्षण कार्यालयका निर्देशक नन्दलाल बन्जाडेले मानिसलाई लाग्ने झाडापखाला, जुका, टाईफाईट लगायत बिभिन्न प्रकारको रोगहरु दिशामा हुने जीवाणुले लाग्ने गरेको बताउदै खानेपानी र सरसफाईमा आम नागरिह्रुले ध्यान दिनु आबश्यक रहेको बताउनुभएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।