सोनकलि थारु
भदौं ४ सुनवल । सुनवल नगरपलिका वार्ड न २ को वडा कार्यलयको स्थान नामाकरण बिबाद हुदा तलाबन्दी भएको छ । सुनवल २ खुटहटबासीले बिगत देखिनै खुटहट प्रचलित नाम भएको बोर्डमा पनि खुटहत नै राख्नुपर्ने मागसहित तालाबन्दि गरिएको बताएका छन । वडा कार्यक्रममा टासिएको बिज्ञप्तिमा हाम्रो गाउ खुटहट एउटा स्वच्छ छाबि भएको ब्यक्तिहरुको बस्ति हो यसको बिशाल इतिहास र प्रतिष्ठा रहेको छ तर भाद्र १ गतेका दिन वडा अध्यक्षको रोहबरमा संचलित वडा कार्यलय उदघाटनको समरोहको पत्रचारको अवस्थामा वडा कार्यलय भवन खुटहटको स्वामित्वमा रहेको पुर्ण ज्ञान हुदाहुदै समाजिक महोल खल्बलाउने नियतबस सुनवल २ रजहवा किटान गरेर आम खुटहट बासीको अस्तित्व उपर खुलेआम धावा बोकेको हुदा सो गल्टी सच्याएर आम माफी नमागुन्जेल अनिश्चित कालको लागि तालाबन्दि गरिएको जनाइएको छ । बिज्ञप्तिमा सुनवल नगरपालिका वार्ड न २ अध्यक्ष ,सुनवल नगरपालिकाका मेयर र उपमेयरलाइ बोधर्थ गरिएको छ ।