नवलपरासी भदौ ४ गते । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोईरालाले नेपाली महिलाहरुको माहान पर्ब हरीतालीका तीज लाइ सब्य तथा भब्य तरीकाले मनाउन सबै महिला दिदि बहिनीलाइ आग्रह गर्नु भएको छ ।
आइतबार देबचुली नेपाल महिला संघ देबचुली नगरपालीकाको तीज बिशेष कार्यक्रममा बोल्नुहुदै उहाले सो कुरा बताउनु भएको हो उहाले हिन्दु नारीहरुको माहान पर्बमा सबै दिदि बहिनीका बिच सम्बन्ध राम्रो वनाइ सबै एकआपसमा मिलेर यो पर्ब मनाउन आग्रह समेत गर्नुभयो ।
सोही अबसरमा नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोईरालाले नेपाली काग्रेंस पहिलो पार्टी बनेर मुलुकको बिकास अगाडि बढाउने बताउनुभएको छ ।
उहाले आगामि हुने २ वटा निबाचनमा सबैको साथ र सहयोगले पार्टीले सफलता पाउनमा आफु बिस्वस्थ रहेको बताउनुभयो र साथै पाटीप्रती सदा सहयोग राखेकोमा धन्यबाद दीदै आगामि दिनमा सहयोगको अपेक्षा राखेको बताउनुभयो ।
नेपाल महिला संघ की अध्यक्ष निर्मला पाण्यको अध्यक्षतामा देबचुली साहारा पार्टी प्यालेसमा भएको तिज बिशेष कार्यक्रममा देबचुली नगरपालीका भित्रका महिला दिदि बहिनीको उल्लेख्य सहभागिता रहेको थियो ।
यसैगरी नजिकिदै गरेको महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर आज कावासोती नगरपालिका ८ बिहानीचोका महिला दिदिबहिनीहरुले रमाइलो तीज बिशेष कार्यक्रम सम्पन्न गरेका छन । राधा भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा कावासोती ८का वडा अध्यक्ष आनन्द गुरुङको प्रमुख आतिथ्यता रहेको थियो भने बिशेष अतिथि कावासोती ८का महिला वडा सदस्य मिठू गिरी रहनुभएको थियो ।
कार्यक्रमको अवसरमा स्थानिय जेष्ठ महिला भागीरथी भट्टराई,टिका भुसाल र गीता लामिछानेलाई समेत सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन पदम शर्मा भुसालले गर्नु भएको थियो ।बिहानैदेखि शुरु भएको कार्यक्रममा दिनभरी महिला दिदिबहिनीहरुले तीजको गीत गाउदै नाचगान गरी दर खाने कार्यक्रम मनाइएको छ ।