एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी पप गायक निक जोन्सको सम्बन्धको चर्चा केही समय अघि देखिनै चर्चामा आइरहेको छ । यसै दौरानमा प्रियंका र जाने एक अर्काबीच लामो समयसम्म एक साथ समय बिताइसकेका छन् ।
जहाँ निकले एकतर्फि प्रियंकासँगको आफ्नो सम्बन्ध खुलेर बताएका थिए भने, अहिले आएर प्रियंकाले पनि निकसँगको आफ्नो बोन्डिङको बारेमा खुलेरै कुरा गरेकी छन् । पिपुल म्यागजिनलाई दिएकी एक अन्र्तवार्तामा अभिनेत्री प्रियंकाले भनेनेकी छन्, ‘हामीले एक अर्कालाई बुझ्ने कोशिस गरिरहेका छौं । मेरो ख्यालबाट निकलाई पनि राम्रो अनुभव हुनसक्छ ।’
गोवा ट्रिप र आकाश अम्बानीको इन्गेजमेन्ट सेरेमनिमा प्रियंकाले भनेकी थिईन्, ‘यो पल निकै राम्रो छ । निकले पनि राम्रै समय बिताएका छन् ।’ प्रियंकाले थपिन्, ‘कुनै पनि रिलेशनसिपमा आफ्नो पार्टनरको साथमा सफर गर्न कसैलाई ढुङ्गा भन्दा कम हुन्न, तर मेरो लागि यो रुटिन जस्तै हो । मेरो पुरै जीन्दगी सफर गर्नुनै छ । मेरो दुई साता घुम्नको लागि योजना बन्छ । कहिले आफ्नो साथमा साथी हुन्छन्, त कहिले परिवार । मेरो लागि यो नर्मल हो ।’
भर्खरै यो जोडि न्युयोर्कमा डिनर स्पट गएका थिए । यसका साथै प्रियंकाले केही तस्वीर अगाडि आएको छ, जहाँ प्रियंकाले निकको परिवारको साथमा समय बिताईरहेकी छन् । सुत्रले जानकारी गराए अनुसार यो पटक प्रियंकाले न्युयोर्कमा निकको साथमा आफ्नो जन्मदिन मनाउँदैछन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।