देवी भण्डारी
५ भदौ घोराही । जढिबुटी उत्पादनकर्ता तथा व्यापारी विच अन्तरक्रिया कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ । नेपाल वडिबुटी व्यवसायसंघ दाङका अध्यक्ष सन्तोषकुमार सोनी अध्यक्षता तथा जिल्ला वन कार्यलय दाङका अधिकृत सुर्यकान्त सिक्देल को प्रमुख आथित्ता एवम् सामुदायिक उपभोक्ता माहासंघका अध्यक्ष कमलराज पोख्रेलको विशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा किसानहरुले दाङको बङगलाचुलि गाउपालिकामा एक सय जना किसानले गरेको तेजपत्ता खेतीबाट मात्र ७ सय कुईन्टल तथा तेजपत्ताको बोक्रा १ कुईन्टल उत्पादन गरेको किसानहरुले जानकारि गराएका थिय ।तेस्तै गतवर्ष दाङमा १४ सय कुईन्टल उत्पादन गरि विक्रि गरेको किसानहरुले जानकारी गराएका छन । तेजपत्ता स्थानीय स्तरमा प्रति केजी ३५ देखि ४० रुपैया तथा बोक्रा ६० देखि ६५ मा विक्रिहुने किसानहरुले बताएका छन । टिमुर २५० देखि २७५ सम्म विक्रिहुने किसानहरुले बताएका छन् । साथै दाङको देउखुरी क्षेत्रमा मेन्थाको पनि खेती हुने गर्दछ । दाङमा गत वर्ष ८८ जना कृर्षकले ८ सय २४ किलोग्राम मेन्था उत्पादन गरेका थिए । मेन्था प्रतिकिलो १४सय ४० रुपैयाको दरले विक्रि हुने गरेको कार्यक्रममा सहभागी कृषर्कहरुले जानकारी गराएका छन् । दाङमा उत्पादन भएका जडिबुटी नेपालको नेपालगञ्ज , विरेन्द्रनगर तथा भारतमा विक्रि हुने व्यापारी तथा नेपाल वडिबुटी व्यवसायसंघ दाङका अध्यक्ष सन्तोषकुमार सोनी जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रमुख अथिति सिक्देलले व्यवसायिक खेती गर्ने जुनसकै निसानहरुलाई खेतीको लागी लगानी तथा वीउं र उत्पादीत बस्तु खरिद गर्न जिल्ला वन कार्यालय तयार रहेका बताउनु भएको छ । आफ्नो उत्पादन बढाउन तर्फ उन्मुख हुन सिकसानहरुलाई आग्रह गर्नुभएको छ । साथै उत्पादित बस्तुले मुल्य पाउदैनकी भन्ने चिन्तामा नपर्न पनि किसानहरुलाई सुझाव दिनुभएको छ ।
यसवर्ष देखी दाङमा मालागेडी , श्रीखण्ड , लगाएतका खेती लगाउन सुरु भएको भन्दै यो खेति हुने ठाउं तथा लगाउन ईच्छुक किसानको लागी , विरुवा उपलब्ध गराउने बचन बद्धता व्यक्त गर्नुभयो । किसानले जवसम्म व्यवसायिक जडिबुटी खेती गर्नु हुदैन तबसम्म आर्थिक स्थितिमा सुधार नहुने भन्दै व्यवसायिक खेती गर्न आग्रह गर्नुभएको छ । दाङको पाहाडी क्षेत्रहरुमा टिमुर उत्पादन राम्रो हुने उनाले त्यस क्षेत्रलाई टिमुर खेतिको पकेट क्षेत्रको रुपमा राखेर उत्पादन गर्न लागेको कार्यक्रममा जाकारी गराउनुभएको थियो ।
कार्यक्रममा घोराहीउपमाहानगरपलिका , तुल्सीपुर उपमाहानगरपलिका, तथा बङगलाचुलि गाउंपालिका मा रहेका सामुदायिक वनका पदाधिकारी तथा व्यवसायीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको उदेश्यबारे जी आई आई जेड दाङका कार्यक्रम संयोजक लय सुवेदीले जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण नेपाल जडिबुटी व्यावसायिक संघका कानुनी सल्लाहाकार भानुभक्त रिजालले गर्नुभएको थियो ।