एन्ड्रोइड फोनको स्टोर इन्फर्मेसन जोगाउन स्क्रिन लक आवश्यक हुन्छ। त्यसका लागि सेटिङ्गमा जानुपर्छ। त्यसपछि स्क्रोल गरेर सेक्युरिटि ट्याप गर्दै कुनै पनि एउटा स्क्रिन लक फिक्स गर्न सकिन्छ। जसले गर्दा कोहि कसैले पनि तपाइको फोनमा भएका डाटा गलत प्रयोग गर्न सक्दैन। आनो चाहनाअनुसार प्याटर्न लक, पिन लक, पासवर्ड लक या फिंगरप्रिन्ट लक पनि गर्न सकिन्छ।
डिजिटल डाटाको सुरक्षाका लागि एन्ड्रोइडको इन्क्रिप्ट फिचर प्रयोग गर्न सकिन्छ। यो विकल्प सेटिङ्ग सेक्युरिटीमा उपलब्ध हुन्छ। कुनै स्मार्टफोनमा भने सेटिङ्ग प्राइभेसिमा पनि हुन्छ। आफ्नो डिभाइसलाइ इनक्रिप्ट गरेर एकाउन्टको एप्स, म्युजिक तथा अन्य डाटा बचाउन सकिन्छ।
यसले फोन कुनै गलत मानिसको हातमा पर्दा पनि डिजिटल डाटा लकमार्फत सुरक्षित रहन्छ। मोबाइलमा पहिलादेखि नै म्यानेजर एक्टिभेट गरेर गुगल एकाउण्ट साइन इन गरेर यसले काम गरेको छ/छैन परिक्षण गर्न सकिन्छ।
भुवन पाण्डे
मोबाइल अनब्लकजोन
सञ्चालक, बुटवल