
हेटौंडा । नागस्वती भेट्रान्स कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक नागस्वती भेट्रान्स क्लबले नै जितेको छ ।
फाइनलमा आयोजककै टोली नागस्वती (बी) लाई टाइब्रेकरमा हराउ“दै नागस्वती (ए) च्याम्पियन बनेको हो । नवज्योति खेलमैदानमा भएको उपाधि भिडन्तमा निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा नागस्वती (ए) ले नागस्वती (बी) लाई ४–३ ले हराएको हो ।
नागस्वती (ए) का सुबिन घिमिरे फाइनल खेलको म्यान अफ दी म्याच चुनिए । विजेता नागस्वती (ए) ले नगद २ लाख पायो भने उपविजेता नागस्वती (बी) ले १ लाख प्राप्त ग¥यो । व्यक्तिगत् विधातर्फ नागस्वती (ए) का दिलिप क्षेत्री उत्कृष्ट गोलरक्षक, नागस्वती (बी) का कन्या सुब्बागुरुङ उत्कृष्ट डिफेन्डर र नागस्वती (बी) कै राजकुमार घिसिङ उत्कृष्ट मिडफिल्डर घोषित भए ।
उत्कृष्ट फरवार्ड नागस्वती (ए) का दिपेन राई, उत्कृष्ट प्रशिक्षक नागस्वती (ए) कै दीपक अर्याल चुनिएर विधागत्तर्फ उत्कृष्ट बन्दै जनही १० हजार प्राप्त गरे । प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडी नागस्वती (ए) का प्रकाश राना घोषित भए । उनले नगद ५० हजार पाए ।
नागस्वती भेट्रान्स क्लब हेटौंडा–७ को आयोजनामा असोज १६ गते शुरु प्रतियोगितामा १६ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको यो दोस्रो संस्करण हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।