
जाजरकोट । अरिङ्गालले टोकेर एउटै घरकी दिदी–बहिनीको मृत्यु भएको छ । अस्ति (आइतबार) दिउँसो कुशेँ–१ को धाउनीमा अरिङ्गालले टोकेर उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय ९ महिनाकी निर्जला सिंह र ३ वर्षीया सुस्मिता छन् ।
घाइते निर्जलाको उपचारका नजिकैको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । त्यस्तै सुस्मिताको अस्ति (आइतबार) बेलुकी नै मृत्यु भएको थियो ।
बालिकाद्वकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले टोकेर घाइते भएको टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।