काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रभावशाली नेता आम जनता पार्टीमा प्रवेश गरेका छन् ।
चितवन जिल्लाका रास्वपाका पूर्वसभापति धर्मेन्द्र सापकोटाले बुधबार आम जनता पार्टीमा प्रवेश गरेका हुन् ।
आजपाका अध्यक्ष प्रभु साहले उनलाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरेको पार्टी कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए ।
उनका अनुसार चितवन जिल्ला भरतपुर निवासी सापकोटा विगत १५ बर्ष देखि विभिन्न टेलिभिजनमा प्रमुख कार्यकारी भएर काम गर्दै आएका छन् । उनी बौद्धिक व्यक्तित्वको रूपमा परिचित छन् ।
पार्टी प्रवेश पश्चात् सापकोटाले भने– ‘देशको निकास रास्वपाबाट सम्भावना छैन । नयाँ पार्टीको नाउमा पुरानै पार्टीको शैली हाबी भएको देखेँ । सिद्धान्त–वादबिनाको पार्टीमा रहिरहनु उपयुक्त लागेन । प्रायजसो सामान्तहरूको हालीमुहाली भएको प्रष्ट छ । वादभन्दा व्यक्तिपरक पार्टीको गन्तव्य अनिश्चित हुन्छ । यसर्थ मैले रास्वपा परित्याग गरी आजपामा प्रवेश गरेको छु ।’
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।