गन्तव्यमा पुगेपछि पाउ बिर्सन्छन,
सहरिया रमझममा गाउँ बिर्सन्छन
यी पर्यटकहरु के भएका हुन् हरे,
समुन्द्र देखेपछि तलाउ बिर्सन्छन
सुखमा मान्छे रुमल्लिन थालेपछि,
दुखका ति तमाम सघाउ बिर्सन्छन
यहाँ वर्षौदेखि यहि देखिरहेछु,
चल्ला बढ्दै जान्छन माउ बिर्सन्छन