अरु दात आएको लामो समय पछि बुद्धि बंगारा आउने गर्छ। दाँतको लाइनको अन्तिममा आउने यो बंगारा कसैलाई आउँछ भने कसैलाई आउँछ नै भन्ने पनि हुँदैन।
बुद्धिबंगारा दुख्ने कारण
यो दाँत एकै पटकमा आउँदैन। पटक-पटकमा थोरै थोरै गर्दै आउँछ। यसले लामो समयसम्म यसले दुख दिन्छ। यसको स्पेस नै थोरै हुने भएकाले गिजा फुट्ने क्रममा अप्ठ्यारो भएर पिडा हुन्छ। बुद्धिबंगारा थोरै-थोरै गर्दै आउँदा वरिपरि खाएका खानेकुरा अड्किने गर्छ। दाँत सफा गर्दा पनि ब्रस त्यहाँसम्म राम्ररी पुगेर खेल्न पाउँदैन। अड्किएका खानेकुरा त्यहि कुहिने हुन सक्छ। यस्तो अवस्थामा बुद्धिबंगारा आउँदै गर्दा नै किरा लाग्न सक्छ।
बुद्धिबंगारा शारीरिक कारणले सबैभन्दा ढिलो आउने दाँत हो। सामान्यतया यो दाँत देखि २५ वर्षको उमेरभित्र आउने गर्छ। कसै-कसैलाई अझ ढिलो पनि आउँछ। आधुनिक खानपिन र जीवनशैलीका कारण बुद्धिबंगाराको स्पेस आजकाल झन् सानो हुदै गएको छ। निकै सानो स्पेसमा यो बंगारा आउने सक्दैन। खासमा यो बंगाराको कुनै काम नै छैन। खाना चपाउन पनि यसले कुनै सहयोग गर्दैन। पश्चिमा मुलुकतिर बुद्धिबंगारा दुख्नेबित्तिकै फाल्ने गरिन्छ। तर, यो अनावश्यक दाँतको कुनै काम नै छैन। यसको काम व्यक्तिलाई पिडा दिने मात्रै हो।
डा.प्रकाश भडेल
डेण्टल सर्जन
लुम्बिनी अञ्चल अस्पताल