काठमाडौं ।
नेपाल प्रहरीको निरीक्षक पदमा कार्यरत सरिता सुनार सम्मानित भएकी छन् । उनलाई नेपाल प्रहरीको ६८ औँ प्रहरी दिवस २०८० को अबसर पारेर महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट सम्पादन हुने कार्यको मुल्यांकन गरी नेपाल प्रहरीका प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुंवरको हातबाट सम्मानित भएकी हुन् ।
महिला बालबालिका तथा जेष्ठ नागरिक माथि हुने गरेका हिंसाका घट्ना तथा अपराध अनुसन्धानमा चुस्तता ल्याउन तथा बालबालिकाहरूलाई सोधपुछ,तथा अनुसन्धान गर्नका लागि बालबालिका मैत्री वातावरण तयार गरी प्रहरी काम कारवाहीमा चुस्तदुरूस्त छिटो छरितो रूपमा सम्पन्न गर्नका लागि टेवा पुर्याउने उद्वेश्यका साथ महिला बालबालिका तथा जेष्ठ नागरिकको स्थापना गरिएको थियो , सोही अनुरूप निरीक्षक सुनारले उत्कृष्ट कार्य गरे बापत सम्मान गरिएको थियो ।
प्रहरी सहायक निरीक्षक बाट नेपाल प्रहरीमा प्रवेश गरेकी सुनारपछि नेपाल प्रहरीबाट खुल्ला प्रतिस्पर्धाबाट लिइएको प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएकी थिइन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।