
काठमाडौँ।
नेपालको सौन्दर्य व्यवसायलाई स्थापित गर्न वरिष्ठ सौंन्दर्यबिद सुषमा महराको ठुलो योगदान रहेको छ । त्यसैले सुषमालाई बीग ब्युटी बिजनेस वुमन भनेर पनि भन्ने गरिन्छ।
विगत २६ वर्षदेखि सौन्दर्य व्यवसायमा रमाई रहेकी सुषमा भन्छिन् हामी श्रमिक पनि हौँ र श्रम दाता पनि हो । उनले सञ्चालन गरेको फेसियल हाउस अहिले देशै भर फैलिएको छ । काठमाडौँको काठमाडौँ मल ,चाबहिल , केयल टावर, सीटीसी मल, हुँदै जिल्ला बाहिर पोखरा ,सुर्खेत र धनगढीमा समेत फेसियल हाउसको शाखा फैलिसकेको छ ।
एक सय जनाभन्दा बढी महिला दिदी बैनीहरु लाई प्रत्यक्ष रोजगारी दिदैंआएकी सुषमा आफैपनि अहोरात्र खट्ने मेहनती सौन्दर्य विज्ञ पनि हुन् ।
उनी सामाजिक संघ संस्थामा पनि उत्तिकै सक्रिय छन् । हाल सुषमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका सचिव, कर्पोरेट मिडियाका उपाध्यक्ष तथा ब्युटी एसोसिएसन अफ नेपाल तथा महिला च्यामबरको आजीवन सदस्य समेत रहेका छन् ।
उनले सांैन्दर्य व्यवसाय मार्फत हजारांै युवा–युवतीहरुलाई रोजगारी युक्त प्राविधिक शिक्षा समेत दिने कार्य गर्दै आएको छ ।
देशको धर्म संस्कृति जोगाउन उनले हरेक पर्व विशेष रुपले मनाउने समेत गरेका छन् । सुषमा तिहार पनि हर्ष उल्लासका साथ मनाउने तैयारी गर्दै छन् । उनको विश्वास छ लक्ष्मीको कृपाले सम्पूर्ण नेपालीको घर – घरमा लक्ष्मीको आगमन पक्कै हुन्छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।